सुदूरपश्चिम


राइस मिलमा जुवा खाल, ८ जना समातिए

राइस मिलमा जुवा खाल, ८ जना समातिए

नेपालखबर
मंसिर २, २०८० शनिबार १४:२७, कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट जुवा खेलिरहेका ८ जनालाई प्रहरीले समातेको छ।

शुक्रबार राति ९ बजे भीमदत्त नगरपालिका–६ ऐठपुर स्थित पारस भट्टको चन्द्रदेव राइस मिलमा जुवा तास खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरीले छापा हानेको हो। 

जिल्ला प्रहरी कार्यालयका अनुसार त्यहाँबाट जुवा खेलिरहेको अवस्थामा ८ जनालाई २ लाख ८ हजार ४२६ रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको छ। 

पक्राउ पर्नेमा भीमदत्त–६ का नरेन्द्र बिष्ट,  सोही ठाउँका पारस भट्ट, खेमराज लेखक, नरेन्द्र जोशी, भीमदत्त–४ का दामोदर भट्ट, भिमदत्त–१० का दीपक गिरी, भीमदत्त–८ बस्ने सुरत खत्री र वेदकोट–१० तिलक बैज रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .