सुदूरपश्चिम


सुदूरपश्चिममा यी हुन् एमालेबाट राष्ट्रिय सभाका उम्मेदवार

सुदूरपश्चिममा यी हुन् एमालेबाट राष्ट्रिय सभाका उम्मेदवार

फाइल तस्बिर


नेपालखबर
पुस २२, २०८० आइतबार १६:११, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशमा चुनाव हुने राष्ट्रियसभाका तीन सीटका लागि नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ। 

प्रदेश कमिटीले गरेको सिफारिसका आधारमा केन्द्रीय सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको हो। 

अन्यतर्फ ईश्वरी खरेल (कञ्चनपुर), महिलातर्फ सावित्री घिमिरे (कैलाली) र अपांगतातर्फ रामचन्द्र जोशी (कैलाली)लाई एमालेले राष्ट्रिय सभाको उम्मेदवार बनाएको छ। 

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले जिल्लाबाट आएका आकांक्षीहरुमध्येबाट ९ जनाको नाम रायसहित केन्द्रीय कमिटीलाई सिफारिस गरेको थियो।

राष्ट्रियसभामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने तीनजनाको समयावधि अगामी  फागुन २० मा सकिँदैछ। राष्ट्रियसभा चुनाव माघ ११ गते तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .