सुदूरपश्चिम


मोटरसाइकल कर्णाली नदीमा खस्दा पति-पत्नीकै मृत्यु

मोटरसाइकल कर्णाली नदीमा खस्दा पति-पत्नीकै मृत्यु

नेपालखबर
पुस २६, २०८० बिहिबार ९:२२, कञ्चनपुर

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पत्तिको मृत्यु भएको छ। 

जिल्लाको मोहन्याल गाउँपालिका–७ स्थित कुइने–चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा भे १३ प १०७४ नम्बरको मोटरसाइकल दुर्घटनामा हुँदा श्रीमान्–श्रीमतीको मृत्यु भएको हो। 

मोटरसाइकलमा सवार अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका ३८ वर्षीय खगेन्द्र ढकाल र ३४ वर्षीया महेश्वरी तिमिल्सीना ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

अछामबाट बर्दियाको भुरीगाउँ जाने क्रममा बुधबार बेलुका मोटरसाइकल दुर्घटना भएको थियो। मोटरसाइलसहित उनीहरूलाई सडकबाट करिब दुई सय मिटर तल कर्णाली नदीमा खसेको अवस्थामा प्रहरी उद्धार गरेको थियो। 

नदीबाट उनीहरूको शव मोटरबोटको सहायताले निकालिएको थियो। उनीहरूको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .