सुदूरपश्चिम


बझाङमा जिप सडकबाट खस्दा महिलाको मृत्यु, चालक र सहचालक घाइते

बझाङमा जिप सडकबाट खस्दा महिलाको मृत्यु, चालक र सहचालक घाइते

नेपालखबर
फागुन ४, २०८० शुक्रबार ७:४, चैनपुर (बझाङ)

बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगडनजिक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। 

बिहीबार साँझ भएको सो दुर्घटनामा तलकोट–१ की सुस्मिता कठायतको मृत्यु भएको हो भने तलकोट–३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सहचालक कमल कठायत घाइते भएका हुन्। 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार दुर्घटनापछि सुस्मितालाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। 

घाइते राजेश र कमलको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

जिप अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .