समाज


बनेपा र धुलिखेलमा आगलागी, पशु चौपाया मरे, प्रहरी घटनास्थलमा

बनेपा र धुलिखेलमा आगलागी, पशु चौपाया मरे, प्रहरी घटनास्थलमा

फाइल तस्बिर


नेपालखबर
फागुन ४, २०८० शुक्रबार ७:१३, काभ्रे

आज बिहान काभ्रेको धुलिखेल र बनेपामा आगलागी भएको छ। आगलागीमा परेर पाँच लाख भन्दा धेरैको क्षति भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

आज (शुक्रबार) बिहान धुलिखेल नगरपालिका १२ शंखु अधेरी निवासी सुमन जंग  थापाको ढुंगा माटोको गारो र जस्ताको छानो भएको २ तले गोठमा एक्कासी विद्युत सर्ट भई आगलागी हुँदा गोठ जलेको छ भने एउटा गाई, ६ वटा बाख्रा मरेका छन्।

आगलागीबाट चार लाख ९० हजार मन्दा धेरैको क्षति भएको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयवासीको सहायतामा अढाई घण्टापछि आगलागी नियन्त्रणमा आएको छ।

त्यसैगरी आज बिहान पौने पाँच बजे बनेपा नगरपालिका ३ राइमाले निवासी पुरुषोत्तम दंगालको गाईबस्तु बाँध्ने गोठमा पनि आगलागी भएको प्रहरीले जनाएको छ। 

दंगालको ढुङ्गा माटोको गारो र जस्ताले छाएको २ तले कच्ची गाईगोठमा अचानक आगो लागेको हो। आगलागीको खबर पाउनासाथ प्रहरी टोली घटनास्थलतिर गएको छ। 

आगलागीबाट मानवीय क्षति नभए पनि पशु चौपायामा क्षति पुगेको प्रहरीले जनाएको छ। क्षतिको विवरण आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .