ad ad

सुदूरपश्चिम


अछाममा ट्याक्टर दुर्घटना, चालकसहित दुईजना घाइते

अछाममा ट्याक्टर दुर्घटना, चालकसहित दुईजना घाइते

तस्बिर : दीपेन्द्रबहादुर धामी


नेपालखबर
चैत २९, २०८० बिहिबार १३:१५, काठमाडौँ

अछाममा ट्याक्टर दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन्।

बिहीबार बिहान बिनायक बजारबाट तोली जाने क्रममा तोली-बिनायक सडकखण्डको ठाँटीमा ट्याकटर दुर्घटनामा परेको हो।

उक्त ट्याक्टर दुर्घटनामा बाजुरा घर भएका चालक महेश भारती र अछामकै पञ्चदेवल बिनायक-२ निवासी सहचालक नेत्र विक घाइते भएका छन्।

दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .