ad ad

सुदूरपश्चिम


विश्वासको मत माग्दै सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भने : चाँडै बजेट आउँछ

विश्वासको मत माग्दै सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भने : चाँडै बजेट  आउँछ

नेपालखबर
साउन ३०, २०८१ बुधबार १५:५५, कञ्चनपुर

सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशको बजेट चाँडै आउने बताएका छन्।

विश्वासको मतको प्रस्ताव प्रदेश सभा बैठकमा राख्दै मुख्यमन्त्री शाहले संवैधानिक व्यवस्थाअनुसार चाँडै आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउन बताएका हुन्।

सुदूरपश्चिम प्रदेश समसायिक राजश्व संकलन सम्बन्धी अध्यादेश २०८१ प्रदेश सभा बैठकबाट पारित भएर आयको बाटो खुलेको मुख्यमन्त्री शाहले बताए।

पुँजीगत खर्च र चालु गत खर्च सुचारु गर्न चाँडै बजेटको अभिन्न अंग आर्थिक ऐन र विनियोजन ऐनमार्फत टुंगाएर प्रदेश सरकारलाई चलायमान बनाउने उनले बताए।

‘बजेट भनेको आय र व्ययको अनुमान हो। आयको सम्बन्धमा अध्यादेश पारित भइसकेको छ,’ उनले भने, ‘बजेट शून्यताको अवस्था जुनसुकै कारणले भएको भएपनि यसलाई जतिसक्दो अन्त्य गरेर बजेट ल्याउनु पर्ने हामी सबैको दायित्व र कर्तव्य छ। संविधानमा भएको व्यवस्था भएअनुसार चाँडै बजेट ल्याउँछौँ।’

विकासको प्रमुख र महत्वपूर्ण आधार राजनीतिक स्थिरता भएको बताउँदै मुख्यमन्त्री शाहले आफू नेतृत्वको सरकारलाई दलीय सोचबाट माथि उठेर सहयोग र समर्थनका लागि आग्रह गरे।

विश्वासको मत दिएर उनले सुदूरपश्चिम प्रदेश सरकारको स्थायित्व, सर्वाङ्गिण विकास र समुन्नितको लागि सहकार्य गर्न आह्वान गरे।

मुख्यमन्त्री शाहले ‘भ्रष्टाचार गर्दिन, गर्न दिन दिन्नँ’ भन्दै भ्रष्टाचार गरेको पाए कारबाही गर्ने प्रतिवद्धता जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .