सुदूरपश्चिम


गड्डाचौकी नाकामा ‘शेरा’ र ‘लैला’को निगरानी

गड्डाचौकी नाकामा ‘शेरा’ र ‘लैला’को निगरानी

गोकुल जोशी
असोज २१, २०८१ सोमबार १५:१५, कञ्चनपुर

भारतसँगको पश्चिमी सीमा नाका गड्डाचौकीमा तालिमप्राप्त कुकुर परिचालन गरेर प्रहरीले सुरक्षा जाँच थालेको छ।

चाडपर्वलक्षित सुरक्षा योजनाअन्तर्गत नाकामा तालिम प्राप्त कुकुर परिचालन गरिएको हो।

खुला सीमानाका भएकाले लागु औषधलगायत विष्फोटक पदार्थ भित्रिन सक्ने भएकाले तालिम प्राप्त कुकुर परिचालन गरेर सुरक्षा जाँच थालिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले बताए।

उनका अनुसार ‘शेरा’ र ‘लैला’ नामक तालिमप्राप्त कुकुर नाकामा परिचालन गरिएको छ। ‘शेरा’ले विष्फोटक पदार्थ र ‘लैला’ले लागु औषध पत्ता लगाउँछ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीबाट तालिम प्राप्त कुकुर मगाएर सुरक्षा जाँच भइरहेको जोशीले बताए। उनका अनुसार चाडपर्वको अवधिमा शान्ति, सुरक्षाका लागि ८ सय १५ जना सुरक्षाकर्मी खटिएका छन्। 

‘जनशक्ति थप गरेर चाडपर्वको सुरक्षा योजना बनाएका छौँ,’ उनले भने, ‘खुला सीमाका कारण चाडपर्वको समयमा लागु औषध तथा विष्फोटक पदार्थ भित्रिन सक्ने भएकाले नाकामा जाँचमा पनि कडाइ गरिएको हो।’

भारतबाट भित्रिने यात्रुका लागि नाकामा नागरिक सहायता कक्ष पनि राखिएको छ। यस्तै, महेन्द्रनगर बसपार्क, झलारी, गुलरिया, बेलौरी, पुनर्वासलगायत ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको एसपी जोशीले जानकारी दिए। 

उनका अनुसार, ट्राफिक प्रहरी जनशक्ति थप मगाएर परिचालन गरिएको छ। भारतबाट फर्किने नेपालीले भारतमा चर्को भाडा लिएको गुनासो गरेपछि भारतीय अधिकारीसँग समन्वय गरेर त्यस्तो हुन नदिन आग्रह गरिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad