बझाङमा मंगलबार साँझ भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ५ बजेर ८ मिनेटमा बझाङको तलकोट, रुपातोला र धमेनाबीचको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का बझाङ जिल्लाभर महसुस भएको थियो।
भूकम्पबाट क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर जोशीले बताए।
732
Shares

प्रतिक्रिया