सुदूरपश्चिम


उखु पेलेर सखर बनाउन भ्याइ नभ्याइ (तस्बिरहरू)

उखु पेलेर सखर बनाउन भ्याइ नभ्याइ (तस्बिरहरू)

गोकुल जोशी
माघ १०, २०८१ बिहिबार २२:०, कञ्चनपुर

ग्रामीण क्षेत्रका किसान खेतखलियानमा व्यस्त छन्। उखु काट्नेदेखि बेच्नसम्मको चटारो उनीहरूमा छ।

कञ्चनपुरको दोधारा चाँदनी, बेलडाँडी, लालझाडी, बेलौरी र पुनर्वासका स्थानीय अधिक उखु खेती गर्ने गर्छन्।

आम्दानीको मुख्य स्रोत उखु खेती बनाएका उनीहरु सुगर मिल तथा उखु पेल्ने कोलमा उखु बेच्ने गरेका छन्। उखु पेलेर सखर (गुड), चिनी, मिश्री लगायत गुलियो पदार्थ उत्पादन गरिन्छ।

किसानको जस्तै चटारो उखु पेल्ने उद्योगमा पनि पसेको छ। बेलडाँडी गाउँपालिका–२ चवन्नीको केदार गुड उद्योगमा कामदार उखु पेल्नमा व्यस्त देखिन्छन्।

उद्योगमा उखुबाट उत्पादित सखर लगायत किन्नेको घुइँचो छ। उखु पेलेर निकालिएको रस भट्टीमा उमालिन्छ। प्रशोधित गर्दै त्यसबाट सखर, खुदो लगायत पदार्थ उत्पादन गर्ने गरिन्छ।

ती पदार्थ प्याकेजिङ्ग गरेर बिक्रीका लागि पठाइने गरेको सञ्चालक डम्बर बहादुर शाहले बताए। उनका अनुसार उत्पादन स्थानीय बजारसँगै कैलालीको धनगढी र सुदूरपश्चिमको पहाडी भेगसम्म खपत हुने गरेको छ।

सखर ७० देखि ८० रुपैयाँ किलोग्रामका दरले बिक्री हुने गरेको छ। शाहले गाउँमै ३० बिगाह जमिन लिजमा लिएर उखु खेती गरेका छन्। स्थानीय किसानको समेत उखु खरीद गर्ने गरिएको उनको भनाइ छ।

उनले स्थानीय २० जनालाई उद्योगमा रोजगारी पनि दिएका छन्। कार्तिकदेखि चैत्रसम्म चल्ने उद्योगबाट वार्षिक ५ लाखसम्म आम्दानी हुने गरेको शाहले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad