सुदूरपश्चिम


घरमा छोराको अन्त्येष्टि गर्ने तयारी भइरहेको थियो, अस्पतालबाट बुवा पनि बितेको खबर आयो

घरमा छोराको अन्त्येष्टि गर्ने तयारी भइरहेको थियो, अस्पतालबाट बुवा पनि बितेको खबर आयो

फाइल तस्बिर : छोरा विक्रम राना र बाबु दानबहादुर।


गोकुल जोशी
असोज ५, २०८२ आइतबार १०:४९, कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका-११, गड्डाचौकीका ४० वर्षीय विक्रम राना बिरामी थिए। जन्डिसबाट ग्रस्त उनी केही दिनअघि उपचारका लागि भारत गएका थिए। 

तर उपचारका क्रममा भारत बरेलीस्थित गुडलाइफ अस्पतालमा शुक्रबार उनको निधन भयो।

यता घरमा विक्रमका बुवा पनि बिरामी थिए। मिर्गौला रोगबाट पीडित ६९ वर्षीय दानबहादुर रानालाई उपचारका लागि कैलालीको धनगढी लगिएको थियो। माया मेट्रो अस्पतालमा उपचार भइरहेको थियो। 

भारतबाट शुक्रबार बेलुका घरमा ल्याइएको छोरा विक्रमको शव शनिबार बिहान अन्त्येष्टि गर्ने तयारी भइरहेको थियो। आफन्त, इष्टमित्र भेला हुँदै थिए।

यसैबीच राना परिवारलाई अर्को वज्रपात पर्‍यो। अस्पतालबाट खबर आयो- धनगढीमा उपचाररत दानबहादुर पनि बिते। 

पुत्रवियोगमा अस्पतालको शय्यामै उनले अन्तिम सास फेरे। 

दानबहादुर होटल व्यवसायी थिए। 

बाउछोराकै निधनले यतिबेला राना परिवार मात्र होइन, गाउँ नै शोकमा डुबेको छ। 

बुवा र छोराको दुवैको शनिबार महाकाली आर्यघाटमा हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad