इजरायल गएका बेला हमासले अपहरण गरी गाजा लगेर बन्धक बनाउँदा मारिएका कञ्चनपुरका विपिन जोशीको आज (मंगलबार) अन्त्येष्टि गरिएको छ।
उनको गृहजिल्ला कञ्चनपुरको भीमदत्त नगरपालिकामा पर्ने महाकाली नदीको भुजेला घाटमा विपिनको अन्तिम संस्कार गरिएको हो।
सशस्त्र प्रहरीले सलामी दिएर राष्ट्रिय सम्मानका साथ उनको अन्त्येष्टि गरिएको हो।
त्यसअघि प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झन्डा ओढाएर विपिनलाई श्रद्धाञ्जली दिएका थिए।
अन्त्येष्टिअघि गरिएको शवयात्रामा नेपालका लागि इजरायली दूतावासका कर्मचारीले इजरायलको राष्ट्रिय झन्डा ओढाउँदै विपिनलाई श्रद्धाञ्जली दिएका थिए।
योसँगै दुई वर्षदेखि भाइटीका लगाउने आशमा रहेकी विपिनकी बहिनी पुष्पा जोशी भने मर्माहत भएकी छन्।
मध्य तिहारमा विपिनको अन्तिम बिदाइ गर्नुपर्दा पीडित परिवार मात्र होइन, सिंगो गाउँ नै शोकमा डुबेको स्थानीयले बताएका छन्।





Shares

प्रतिक्रिया