कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार फेरिएका छन्।
निवर्तमान सभापति शेरबहादुर देउवानिकट बलायरले ०७९ को चुनाव जितेका थिए। यसपटक टिकट पाएर पनि चुनाव लड्न अस्वीकार गरेपछि देउवा समूहकै नेता विष्टले टिकट पाएका हुन्। उनले मनोनयन दर्ता गराएका छन्।
रास्वपाले यसअघि टिकट दिएका हरिप्रसाद रेग्मीको टिकट खोसेको छ। रेग्मीको ठाउँमा रास्वपाले खेमराज कोइरालालाई उम्मेदवार बनाएको छ।
रास्वपाका रेग्मी र कोइराला दुवैको मनोनयन दर्ता गरिएको छ। यद्यपी रेग्मीको नाम खारेज गर्नुपर्ने पार्टीको आन्तरिक निर्णय भएको र कोइरालालाई आधिकारिक उम्मेदवार कायम गरिदिन सभापति रवि लामिछानेको हस्ताक्षरमा निर्वाचन कार्यालयमा निवेदन गएको छ।
यो क्षेत्र एमाले उपमहासचिव लेखराज भट्टको चुनाव लड्ने क्षेत्र हो। ०७९ मा कांग्रेसका बलायरसँग पराजित उनी यसपटक पनि मैदानमा उत्रिएका छन्।
Shares

प्रतिक्रिया