सुदूरपश्चिम


अछाममा भीम रावल पराजित, २६ वर्षपछि फर्कायो कांग्रेसले विरासत

अछाममा भीम रावल पराजित, २६ वर्षपछि फर्कायो कांग्रेसले विरासत

नेपालखबर
फागुन २३, २०८२ शनिबार १६:१८, कञ्चनपुर

अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका नेता भीम बहादुर रावल पराजित भएका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अछाम १ मा नेपाली कांग्रेसका भरत कुमार स्वाँर १० हजार ७५९ मतले निर्वाचित भएका हुन्। 

उनका निकटतम प्रतिस्पर्धी नेकपाका रावलले १० हजार २३३ मत ल्याएका छन्। रावल कांग्रेसका स्वाँरसँग ५२६ मतान्तरले पराजित भए।

अछामबाट चार पटक सांसद निर्वाचन भएर उपप्रधान एंवम् गृहमन्त्री समेत बनेका रावलको पाँचौं पटक संसद यात्रा रोकिएको छ। 

अछाम १ मा कांग्रेसले २६ वर्षपछि विरासत फर्काएको छ। एमालेका दीपकबहादुर साउँदले ७ हजार ३८९ मत प्राप्त गर्दा रास्वपाका ओमप्रकाश रावल १ हजार ७३९ मत ल्याएर चौथो स्थाना रोकिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad