आज (बुधबार) बिहान बैतडीस्थित महाकाली नदीमा बगेर एक वृद्ध बेपत्ता भएका छन्।
बैतडी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडुका अनुसार महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका-४, बन्नाका ६४ वर्षीय कृष्ण चन्द बेपत्ता भएका हुन्।
प्रहरी प्रवक्ता बडुका अनुसार हल्दुघाटस्थित महाकालीमा नुहाउने क्रममा बगेर उनी आज बिहान बेपत्ता भएका हुन्।
उनको खोजी जारी छ।
यसअघि सोमबार सोही नदीको किनारमा पञ्चेश्वर गाउँपालिकाकै वडा नम्बर १, डुग्रीखान निवासी ५१ वर्षीया विन्दुदेवी साउद मृत फेला परेकी थिइन्।
42
Shares

प्रतिक्रिया