ad ad

सुदूरपश्चिम


६९ मतले पाण्डेलाई पछि पार्दै एमाले कैलाली अध्यक्षमा ढुंगाना विजयी

६९ मतले पाण्डेलाई पछि पार्दै एमाले कैलाली अध्यक्षमा ढुंगाना विजयी

नेपालखबर
फागुन १२, २०८० शनिबार ७:१२, काठमाडौँ

नेकपा एमाले कैलाली जिल्ला अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन्। 

ढुंगानाले दुई सय ८७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी डेजी पाण्डेले दुई सय १८ मत ल्याए।

अध्यक्षका अर्का उम्मेदवार दुर्गाप्रसाद जोशीले ६३ मत ल्याए।

उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी भए। उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर विष्टले एक सय ८८ मत ल्याए।

उपाध्यक्षका अर्का उम्मेदवार विष्णु चौधरीले एक सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याए।

सचिवमा पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी भएका छन्। चौधरी दुई सय ४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले एक सय ६८ मत मात्रै पाए।

सचिवकतर्फ नै दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गरे। उपसचिव (खुला) मा भने ढुंगाना प्यानलका चूडामणि भट्ट विजयी भए ।

भट्ट दुई सय ५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले एक सय २३ मत ल्याए। अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरुङले ७१ मत ल्याए।

उपसचिव (महिला) तर्फ गंगाकुमारी चौधरी एक सय ९६ मतसहित विजयी भइन्। उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले एक सय ६१, रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाए।

यही फागुन ६ गते सुरु भएको एमाले कैलालीको नवौँ अधिवेशनमा सहमति प्रयास असफल भएपछि छैटौँ दिन शुक्रबार निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिएको हो। ५ सय ९१ प्रतिनिधि रहेकामा ५ सय ७७ मत खसेको थियो।

शनिबार रातिदेखि थालिएको अध्यक्षसहित ५ पदाधिकारीको मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएको हो। निर्वाचन कमिटीका अनुसार अब सदस्यको मत गणना हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .