विश्वकपमा सहभागी टोली ट्युनिसियाले आफ्ना फुटबल प्रशिक्षक साब्री लामाउचीलाई बर्खास्त गरेको छ।
समूह चरणको पहिलो खेलमा स्विडेनसँग ट्युनिसिया आइतबार ५–१ गोल अन्तरले पराजित भएको थियो।
खेल हार्नासाथ लामाउचीलाई हटाएको बताइए पनि सोमबारसम्म उनले टोलीलाई प्रशिक्षण दिएको बीबीसीले उल्लेख गरेको छ।
ट्युनिसियाली फुटबल संघले सहमतिमै सम्झौता रद्द गरेको पुष्टि गरेको छ। लामाउचीको विश्वकप इतिहासमै पहिलो खेललगत्तै बर्खास्तीमा पर्ने पहिलो प्रशिक्षक बनेका छन्।
यसअघि सन् १९९८ मा पनि ट्युनिसियाले प्रशिक्षक हेनरिक कास्परज्याकलाई सुरुवाती दुई खेलमा जित निकाल्न नसकेको भन्दै हटाएको थियो। सोही प्रतियोगितामा दक्षिण कोरियाले चा बम कुनलाई सुरुवाती दुई खेल जित्न नसक्दा हटाएको थियो। सन् २०१८ को विश्वकप सुरु हुनु २ दिनअघि मात्र स्पेनले जुलेन लुपेटेगीलाई हटाएको थियो। उनले स्पेनिस टोली छोडेर रियल मड्रिडको प्रशिक्षक बनेका थिए।
Shares

प्रतिक्रिया