राजनीति


कम्युनिस्ट आन्दोलनको कुनै अतिवादमा मनमोहनको भूमिका रहेन : पोखरेल

कम्युनिस्ट आन्दोलनको कुनै अतिवादमा मनमोहनको भूमिका रहेन : पोखरेल

नेपालखबर
बैशाख १३, २०८१ बिहिबार १२:१२, काठमाडौँ

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा बुझ्न आवश्यक रहेको बताएका छन्। 

बिहीबार ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्व. नेता अधिकारी अनेक उत्तारचढावहरु भएपनि कहिले पनि खण्डित नभएको पनि बताए। 

‘मनमोहन अधिकारीलाई हामीले कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा पनि बुझ्नुपर्दछ। उहाँ अनेक उत्तारचढावहरु भए तर कहिले पनि खण्डित हुनु भएन, कहिले पनि विश्रृंखलित हुनु भएन। उहाँ कम्युनिष्ट आन्दोलनभित्रको निरन्तरताको पर्यायको रुमपा रहनुभएको छ,’ पोखरेलले भने, ‘उहाँ शासन सत्तामा रहँदा मात्रै होइन, अत्यन्त प्रतिकुल अवस्थामा समेत पनि रहनुभयो। त्यसकारणले हामी मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको अर्को नामका रुपमा लिने गर्दछौँ।’

शासन सत्तामा रहँदा मात्रै नभइ स्व. नेता अधिकारी प्रतिकुल अवस्थामा समेत स्थिर रहेको उनको भनाइ थियो। 

कम्युनिष्ट आन्दोलन भित्र देखापर्ने कुनैपनि अतिवादमामा स्व. अधिकारी नरहेको बताउँदै नेता पोखरेलले उनको स्वभाव र विचारमा नरम देखिएपनि देब्रे वा दाहिने विचार र प्रवृत्तिको बिरोधमा रहेको उल्लेख गरे। 

‘कम्युनिष्ट आन्दोलन भित्र देखापर्ने कुनैपनि अतिवादमा उहाँ रहनुभएन। उहाँ यो स्वभावमा नरम देखिएपनि, विचारमा नरम देखिएपनि, देब्रे वा दाहिने विचार र प्रवृत्तिको बिरोधमा रहनु भयो। उहाँ कहिले पनि त्यो व्यवहारप्रति सहमति हुनुभएन। अहिलेको कम्युनिष्ट आन्दोलनमा लागेका विद्यार्थीहरुले मनमोहन अधिकारीको सादगीपूर्ण जीवनीको बारेमा जान्नुपर्छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .