चर्चित कार निर्माता कम्पनी टेस्लाले विश्वकै ठूलो कारबजार चीनमा कार उत्पादन गर्न हरियो संकेत पाएको छ । अर्बपति एलन मस्कको विद्युतीय कार निर्माता कम्पनीले चीनको शांघाईदेखि पूर्वी सहरमा रहेको दुई अर्ब डलरको कारखाना निर्माण गरिरहेको छ ।
कम्पनीले हरेक हप्ता आफ्नो थ्रिएस मोडल कम्तीमा एक हजारवटा निर्माण गर्ने योजना बनाएको छ । कार उत्पादन यही हप्ताभित्रै सुरु हुनसक्ने बताइएको छ । नयाँ कारखानाले चीनमा टेस्लाको पहुँच पुगेको छ । चीनबाटै कार उत्पादन हुने भएपछि अमेरिकाविरुद्ध चीनले बढाएको कर पनि टेस्लाले चिनियाँ बजारमा तिर्नुपर्नेछैन । यसबाट कम्पनीलाई ठूलो राहत मिलेको छ । टेस्लाको चीनमा रहेको कारखाना गिगाफ्याक्ट्री ३ का रुपमा परिचित छ । यो कारखाना चीनमा विदेशीको पूर्णस्वामित्व रहेको कार प्लान्ट भएको बताइएको छ ।
टेस्लाले चिनियाँ बजारमा कार उत्पादनको लागि अनुमति प्राप्त गर्नलाई कार बजारमा चीन सकारात्मक रहेको सन्देश गएको छ । उक्त प्लान्ट निर्माणलाई द्रुतगतिमा सक्न शांघाईमा अधिकारीहरुले पनि सहयोग गरेका थिए । त्यस्तै चीनले टेस्लालाई कारहरुमाथि लगाएको १० प्रतिशत करबाट पनि उन्मुक्ति दिएको छ । गत जनवरीमै मस्कले टेस्ला मोडल ३ पहुँचयोग्य हुने गरी निर्माण गर्ने बताएका थिए ।
टेस्लाले चीनको धेरै क्षेत्रका लागि भने आफ्नो वाई मोडल प्रस्ताव गरेको छ । अगस्टमा मस्कले उक्त कारखानाको समेत चीन भ्रमणका दौडान अवलोकन गरेका थिए ।

प्रतिक्रिया