छापा खबर


आलम अपराध : घाइतेलाई सुई लगाई बेहाेस बनाएर इँटाभट्टामा जिउँदै जलाइएको थियो

आलम अपराध : घाइतेलाई सुई लगाई बेहाेस बनाएर इँटाभट्टामा जिउँदै जलाइएको थियो

नेपालखबर
कात्तिक १, २०७६ शुक्रबार ०:३१,

संविधासभा निर्वाचनको माहोल तात्तिएको थियो। जनताले मत दिएर संविधान लेख्ने ऐतिहासिक अवसरमा सहभमागी हुन उत्सुक २२ वर्षीय त्रिलोकप्रताप सिंह (पिन्टु) पनि भारतबाट फर्किए। बिहारको सीतामढीस्थित राधाकृष्ण गोयन्का कलेजमा स्नातक तह अध्ययन गर्ने पिन्टु रौतहटको यमुनामाई, सरुहट्ठास्थित घर फर्किनासाथ चुनावी माहोलमा हेलिए।

भाषणकलामा तेज पिन्टुलाई मोहम्मद अफताव आलमका भाइ महताव आलमले साथमा लिइहाले। अफतावको चुनावी प्रचारका लागि १८ चेतमा उनी घरबाट निस्किए। आलमको चुनाव सफल भयो, उनी सांसद, मन्त्री पनि भए। तर होनाहार युवा पिन्टु कहिल्यै घर नफर्किने गरी अस्ताए।

२७ चैत, साँझ : रौतहटकै फरहदवा गाउँ (हालको राजपुर नगरपालिका २) छाप्रोमा बम बन्दै थियो। खासमा विस्फोट गराउने, जनता तर्साउने र बुथ कब्जा गर्ने उद्देश्यले आलमको योजनामा धमाधम बम बनिरहेका थिए। तर बम बनिरहेकै ठाउँमा विस्फोट भयो। बम बनाउन भारतबाट ल्याइएका कैयौं घाइते भए, कैयौंको मृत्यु भयो।

छोरो विस्फोटमा परेको खबर सुनेपछि पिन्टुका बुवा श्रीनारायण सिंह भोलिपल्ट घटनास्थल पुगे। प्रत्यक्षदर्शीले विवरण सुनेपछि वृद्ध बाबु छाँगाबाट खसेझैं भए। बम बनिरहेको ठाउँमा तमासा हेरिरहेका पिन्टु खासमा गम्भीर घाइते भएका थिएनन्।

‘बम विस्फोटपछि उछिट्टिएको छर्रा पिन्टुको तिघ्रामा लागेको थियो। आत्तिएर भाग्दाभाग्दै उसलाई आलमका मान्छेले लखेटी लखेटी समाते। उपचार गर्न भन्दै उसलाई सुई लगाएर बेहोस बनाए। बोरामा कोचे। इँटाभट्टामा लगेर जिउँदै खरानी बनाए,’ ७९ वर्षीय बाबुले भने। यस घटनाबारे आजको नयाँ पत्रिकामा टेकराज थामी र र विनोद विष्टले गरेको बृहत् स्थलगत रिपोर्ट छापिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad