अटो


केटीएमको नयाँ सर्भिस सेन्टर सानोगौचरनमा

केटीएमको नयाँ सर्भिस सेन्टर सानोगौचरनमा

नेपालखबर
असोज ३०, २०७६ बिहिबार १७:२९,

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले केटीएमको नयाँ सर्भिस सेन्टर काठमाडौंको सानोगौचरनमा स्थापना गरेको छ । ऐतिहासिक युरोपियन मोटरसाइकल उत्पादक केटिएमले विहीबारबाट काठमाडौंको सानोगौचरनमा नयाँ सर्भिस सेन्टरको औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो ।

नयाँ सर्भिस सेन्टरको उद्घाटन हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालिका कार्यकारी निर्देशक शेखर गोल्छाले गरेका थिए ।
यस सर्भिस सेन्टरमा एकैचोटि २० वटा बाइकहरु सर्भिसिङ्ग गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ । जुन केटिएमको नेपालमा रहेको सर्भिस सेन्टरहरुमध्येकै अहिलेसम्मको सबैभन्दा ठूलो सर्भिस सेन्टर हो ।

नयाँ सर्भिस सेन्टरले केटिएमका ग्राहकहरुलाई प्रिमियम सर्भिसको अनुभूतिको साथै अत्याधुनिक उपकरण र दक्ष प्राविधिकहरुद्वारा उत्कृष्ट सेवा प्रदान गर्नेछ । सर्भिस सेन्टरको मुख्य लक्ष्य भनेको नेपालमा बढिरहेका रेसिङ्ग उत्साहीहरुलाई अतुलनीय अनुभूति प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।

केटीएम विश्वभरमै अफ–रोड बाइकिङ्ग सेग्मेन्टमा सबैभन्दा अग्रणी स्थानमा रहेको छ । हालको दशकमा कुनै अन्य ब्राण्ड अफ–रोड मोटरसाइकल रेसिङ्गमा यत्तिको सफल भएको छैन ।

अहिलेसम्म केटिएम बाइकहरुले २९१ वटा विश्व च्याम्पियनसिप उपाधिहरु जितिसकेका छन् – जसमा सबैभन्दा गाह्रो र सबैभन्दा प्रख्यात डकर ¥याली पनि समावेश छन्, त्यो पनि १ पटक मात्र नभएर पूरै १८ पटक जितेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .