सडक दुर्घटना पिडितहरुको सम्झनामा संसार भर मनाइने विश्व दिवस यस वर्ष पनि कार्यक्रम गरी मनाइने भएको छ।
यही नोभेम्बर १७ तारिख अर्थात् मंसिर १ गते सडक दुर्घटनापीडितको सम्झनामा मनाइनलागेको हो। सन् १९९३ देखि संसारकै सडक यातायात दुर्घटनापीडितहरुका विश्व दिवसको रुपमा संयुक्त राष्ट्रसंघले समेत मान्यता दिएको छ।
आज संसारमा सडक दुर्घटनाका कारण वर्षेनी १४ लाखभन्दा ज्यादाको अकाल मृत्यु र करोडौंको अंगभंग र अपाङ्ग हुने अवस्था छ। दुर्घटनामा खर्बौंको आर्थिक क्षति हुने गरेको छ।
नेपालमा समेत सडक दुर्घटना अकाल मृत्युको पहिलो कारणजस्तै बनिरहेको छ। विगत एक दशकदेखि नेपालमा सुरक्षित सडक र सवारीको क्षेत्रमा संगठित प्रयास सुरु भएको हो।
यसले सरकारसँग विभिन्न क्षेत्र र कार्यक्रममा हातेमालो गरिरहेको छ। साथै राष्ट्रसंघीय एजेन्सीहरु डब्ल्यूएचओ, एफआईए, ग्लोबल एलायन्स तथा आईआरभीपी जस्ता विश्व संगठनहरु यो अभियानमा सक्रिय छन्।
नेपालमा गत वर्ष सडक दुर्घटनाबाट करिब दुई हजारको मृत्यु भएको थियो। यसपटकको कार्यक्रमको थिम ‘जीवन कारको एउटा पार्टपुर्जा होइन’ भन्ने रहेको छ।
नेपाल अटोमोबाइल्स एसोसिएसनका अनुसार काठमाडौं, धुलिखेल, बुटवल, भीमदत्त, नेपालगञ्ज र इटहरीमा क्रमशः सेफ स्कुल नेपाल, स्वतन्त्रता अभियान नेपाल, इन्स्टिटयुट अफ अटोमोटिभ इञ्जिनियर्स, नासा फाउण्डेसन, नासा फाउण्डेसन, सुरक्षित यात्रा अभियान नेपाल, सुरक्षित यात्रा अभियान नेपाल, सुरक्षित यात्रा अभियान नेपाल, सुदुर पश्चिम ट्रान्सपोर्ट सेफ्टी नेटवर्क, सुदूरपश्चिम ट्रान्सपोर्ट सेफ्टी नेटवर्क, सुदुर पश्चिम ट्रान्सपोर्ट सेफ्टी नेटवर्क, सुदुर पश्चिम ट्रान्सपोर्ट सेफ्टी नेटवर्क, सुदुर पश्चिम ट्रान्सपोर्ट सेफ्टी नेटवर्क, राष्ट्रिय मानव अधिकार अनुसन्धान केन्द« र हेल्पिङ्ग युथ नेपालको संयोजकत्वमा कार्यक्रम हुने एसोसिएसनले जनाएको छ।
Shares

प्रतिक्रिया