अटो


टीभीएस रोड रेसिङ च्याम्पियनसिप शनिबार

टीभीएस रोड रेसिङ च्याम्पियनसिप शनिबार

नेपालखबर
पुस १०, २०७६ बिहिबार ११:३३,

नेपाल रोड रेसिङ च्याम्पियनसिप शनिबार गुर्जुधारामा हुने भएको छ। टीभीएस रेसिङको मुख्य प्रायोजनमा गुर्जुधारास्थित भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा हुने भएको हो।

नेपाल मोटरसाइकलर फेडेरेसनको आयोजनामा हुने प्रतियोगितामा १ सय ५० देखि २ सय सीसी सम्मका बाइक गुडाइने छ।

‘नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१९’ नामक सो प्रतियोगिताको मुख्य प्रायोजकमा नेपालमा टभीीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स र गियर ग्याजेट्स रहेको छन्। त्यस्तै च्याम्पियनसिपका लागि पेट्रोनस लुब्रिकेन्ट, गल्फ लुब्रिकेन्ट, क्यास्ट्रोल लुब्रिकेन्ट र एभरेष्ट लुब्रिकेन्टले समेत प्रायोजन गरेका छन्।

नोभिक, ओपन र नेश्नल गरी प्रतियोगिता ३ चरणको हुने छ। जसमा प्रथम हुने ५० हजार दोस्रो हुनेलाई ४० हजार र तेस्रो हुनेलाई २५ हजार पुरस्कार रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad