लकडाउन जेठ ५ सम्म लम्ब्याए पनि सरकारले आजबाट वर्कशपहरु खोल्न अनुमति दिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मेसिन पार्टपुर्जा वर्कशप उद्योग तथा मोटर ग्यारेज वर्कशप उद्योगलाई खोल्न अनुमति दिएको हो।
कोरोना नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा यस्तो अनुमति दिइएको हो। सरकारले विकासे आयोजना र ४४ किसिमका उद्योगलाई सञ्चालन अनुमति दिने निर्णय गरेको थियो।
तर खुल्ने उद्योगहरुको निगरानी स्थानीय प्रशासनले गर्नुपर्नेछ ।

प्रतिक्रिया