स्टिमेट बिल जारी गर्ने राजभण्डारी स्टोर्स माकलबारीलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ।
भ्याट तथा प्यान बिल जारी नगरी दोहोरो मूल्य कायम गरी स्टिमेट बिल जारी गरेको पाइएकोले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो।
विभागले उपभोक्ता संरक्षण ऐन २०७५को १६(२)(क)बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकोले ३८(ङ)को कसुरमा३९(१)(ख) बमोजिम कारबाही गरेको जनाएको छ।

प्रतिक्रिया