जापानका स्वास्थ्यमन्त्री कात्सुनोबु कातोका अनुसार बिहिबार विज्ञहरुसँगको छलफलपछि कोरोना लागेका व्यक्तिमा रेमडिसिभियर औषधि मानिसमा परीक्षण गर्न अनुमति दिइनेछ।
गतहप्ताको शुक्रबार मात्र अमेरिकाले यसै औषधि कोरोना संक्रमितमा प्रयोग गर्न अनुमति दिएको थियो। इबोला भाइरसविरुद्ध प्रयोग हुने यस औषधि कोभिड १९ को मुख्य औषधि नभएको जनाइएको थियो।
जापानमा परीक्षणका लागि बनाइएका औषधिहरु मानिसमा प्रयोग गर्नका लागि अनुमति दिन कम्तिमा पनि एक वर्ष लाग्छ।

तर कोरोना महामारीको समयमा औषधि तथा खोपहरु चाँडै चाहिने भएकाले जापानले रेमडिसिभियर औषधि मानिसमा परीक्षण गर्न चाँडै अनुमति दिएको हो।
अमेरिका, चीन लगायतका मूलुकले यसअघि नै कोरोनाविरुद्धको खोप मानिसमा परीक्षण गरिसकेका छन्। त्यसको परीणाम भने देख्न बाँकी छ।
विश्व स्वास्थ्य संगठन डब्लूएचओले केहीदिन अगाडि मात्र विश्वभर एक सयभन्दा बढी कोरोना भाइरसविरुद्धाको खोप विकासको क्रममा रहेको जानकारी दिएको थियो। एजेन्सी

प्रतिक्रिया