टोयोटा मोटरको यस वर्ष सञ्चालन आम्दानी ८० प्रतिशतले घट्ने अनुमान गरिएको छ।
कोरोना भाइरसको महामारीका कारण सो जापानी कारको माग र उत्पादन दुवैमा नराम्रो प्रभाव पारेका कारण उसको कमाईमा असर गरेको हो।
टोयोटाले २०२१ मार्चमा सकिने आर्थिक वर्षमा ५०० अर्ब येन (४.६ अर्ब डलर) सञ्चालन आम्दानी गर्ने सो कम्पनीले मंगलबार जनाएको छ। सो कम्पनीको बिक्रीमा २० प्रतिशतले गिरावट आउँदै २४० खर्ब येन गुमाउने भएको हो।
गत आर्थिक वर्षमा सो कम्पनीले २० खर्ब खुद नाफा गरेको थियो, जुन त्यसभन्दा पहिलो वर्षको तुलनामा १०.३ प्रतिशतले कमी हो।
टोयोटाले यस वर्ष करीब ७० लाख गाडी बिक्री हुने अनुमान गरेको छ, त्यो भनेको २२ प्रतिशत गिरावट हो।
जापानकै सबैभन्दा ठूलो कार निर्माताले अप्रिलको अन्तसम्ममा २० मुलुकमा रहेका उसका २७ कम्पनी बन्द गरेको छ। विश्वभर कोरोना संक्रमण फैलिएपछि त्यसको मार उसको कार उत्पादनमा परेको हो।
तर, टोयोटाले चिनियाँ बजारमा भने उसले विस्तारै आफ्नो बजार विस्तार गरेको बताएको छ। उसका अनुसार अप्रिल महिनामा उसका गाडी बिक्रीमा ०.२ प्रतिशतले बृद्धि भएको छ।
(निक्की एसियन रिभ्यूबाट)
Shares

प्रतिक्रिया