अटो


सुजुकीको नयाँ योजनाः १५ हजार नगद छुट, एक्सचेन्ज र फाइनान्सको सुविधा

सुजुकीको नयाँ योजनाः १५ हजार नगद छुट, एक्सचेन्ज र फाइनान्सको सुविधा

नेपालखबर
असार ४, २०७७ बिहिबार ११:३,

सुजुकीको नेपालको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्सले ‘उतारचढाव आइरहन्छ‚ सुजुकीको साथ रहिरहन्छ’ नामक योजना ल्याएको छ।

कोभिड १९ को माहामारीबाट आक्रान्त उपभोक्तालाई लक्षित गरी ल्याइएको योजनामा सुजुकी ब्रान्डका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा १५ हजार रुपैयाँ नगद छुट पाउनुका साथै एक्सचेन्ज र फाइनान्सको सुविधा समेत उपलब्ध रहेको छ।

यस योजना असार १ देखि ३१ सम्म देशभर लागू भएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै पुराना तथा चालू अवस्थाका कुनै पनि मोटरसाइकल एक्सचेन्ज गर्न सकिनेछ।

लकडाउन खुकुलो भएसंगै दुईपांग्रे सवारी बिक्रेताहरुले विभिन्न आकर्षक सुविधा ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad