अटो


१० महिनादेखि बन्दरगाहमै थन्किए ८ वटा विद्युतीय गाडी

१० महिनादेखि बन्दरगाहमै थन्किए ८ वटा विद्युतीय गाडी

नेपालखबर
असार ५, २०७७ शुक्रबार ९:०,

सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा गैरकानूनी रुपमा भित्रिएका विद्युतीय आठवटा विलासी गाडी थन्किएका छन्।

ती गाडीहरु मगाउने व्यक्तिहरुले जरिवाना तिर्न नसक्दा १० महिनादेखि सो भन्सार कार्यालयमा थन्किएको हो। त्यस्ता गाडीमा ४० प्रतिशत जरिवाना तिरेर जाँचपास गराउन सक्ने व्यवस्था नयाँ वजेटले गरेको छ। आर्थिक ऐनमा गाडी उत्पादन गर्ने कम्पनीको आधिकारिक बिक्रेता नेपालमा नहुँदा व्यक्तिगत रुपमा आयातकर्ताले आयात गर्दा त्यसलाई गैरकानूनी मानिने रहेको छ।

ती गाडीमा ४० प्रतिशत ड्युटी, ५० प्रतिशत एक्साइड र १३ प्रतिशत भ्याट लाग्ने भएकाले आयातकर्ताले ती गाडीहरु छुटाउन नसकेको सो कार्यालयका प्रमुख उमेश श्रेष्ठले बताए।

यसैबीच वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको ११ महिनामा राजश्व संकलनमा रु ११ अर्ब घाटा बेहोर्नु परेको छ। कार्यालयका सूचना अधिकारी विमलकुमार साहका अनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठसम्म एक खर्ब ७२ अर्ब ९० करोड ६२ लाख ४५ हजार राजश्व उठाउने लक्ष्य भएकोमा ६४ दशमलब ७१ प्रतिशत अर्थात् एक खर्ब ११ अर्ब ८८ करोड ८५ लाख २३ हजारमात्र राजश्व सं‌कलन भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad