ad ad

अटो


लकडाउनमा चोरी भएका ३० वटा मोटरसाइकल फेला

लकडाउनमा चोरी भएका ३० वटा मोटरसाइकल फेला

नेपालखबर
असार ९, २०७७ मंगलबार १०:६,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनका बेला हराएका ३० वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।

महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरु लकडाउनको समयमा पनि खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ।

उपत्यकाका म्हैपि, बालकोट, किर्तिपुर, ठमेल, सिनामंगल, बसुन्धारा, नयाँ बजार, बानियाटार, चोभार, कपन, बुढानिलकण्ठ, गोकर्णेश्‍वर, ठमेल, कुमारीपाटी, नयाँ बसपार्क, केशरमहल, न्यूरोड, टोखा, पुरानो बानेश्‍वर, ठमेल, ट्रमा सेन्टर, न्युरोड, महाराजगंज, नयाँबस्ती, किर्तिपुर, पशुपती पार्किङ, मण्डिखाटार, भिमसेनगोला र चावाहिल लगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जिम्मा लगाएका हुन्।

महाशाखाका प्रमुख भिम ढकालले भने, ‘पार्किङ्ग स्थल, समारोह, अस्पताल लगायत एकान्त ठाउँको पार्किङ्ग स्थल, घरको कम्पाउण्ड तथा गेट बाहिर, लामो समय सम्म पार्किङ्ग गरिने स्थानहरुमा असुरक्षित पार्किङ्ग गरेर, अतिरिक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अबस्था भएका सवारी मर्मत नगरेर, घरमा पार्किङ्ग गरेको भनि लापार्वाही गरेर मोटरसाईकल बढी चोरी हुन्छन्।’

सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न, एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न ढकालले सुझाव दिए।

bike-chori.JPG

आज श्याम बहादुर खाती, बालकृष्ण श्रेष्ठ, दिपेन्द्र कुँवर, रिना मगर, सञ्जय महत्तो, धन कुमार चेम्जोङ, विश्‍व कुमार बस्नेत, रोजन श्रेष्‍ठ, अनिल थापा, पुरन राई, राम कुमार थापा, मिलन सुनुवार (सिन्धुली), संघर्ष स्वर्णकार, मिमांसा महर्जन, बम बहादुर विश्‍वकर्मा, अन्त प्रसाद श्रेष्‍ठ ९(पाल्पा), राम कुमार शाही, बेल बहादुर सिजाली, दिपेन्द्र प्रधान, नेश थापा, राधा कृष्ण थुवाजु, ओम कृष्ण खड्गी, राजकुमार कार्की, अनिल लामा, आशिष साँउद, राज कुमार मगर, बिक्रम केसी, गणेश कुमार गिरी, वोजराज श्रेष्ठ र कुमार तामाङका मोटरसाइकलहरु जिम्मा लगाएको हो।

महाशाखाले यस आव ०७६।०७७ मा मात्रै चोरी भएका ३०८ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनिलाई जिम्मा लगाईसकेको छ भने ३६ जना व्यक्तिलाई चोरीमा संलग्न भएको कसुरमा पक्राउ गरी आवश्यक कारावाही गरिसकेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .