अटो


टीभीएस र लायन्स क्लबद्वारा चार हजार थान मास्क निःशुल्क वितरण

टीभीएस र लायन्स क्लबद्वारा चार हजार थान मास्क निःशुल्क वितरण

नेपालखबर
साउन ७, २०७७ बुधबार ९:१३,

‘जगदम्बा मोटर्स र लायन्स क्लब अफ काठमाडौं समर्पण’को सहकार्यमा निःशुल्क मास्क वितरण गरिएको छ।

मानिसहरुको धेरै चहलपहल हुने स्थानहरु मध्येको कालिमाटी तरकारी बजार, बल्खु तरकारी बजार, यातायात कार्यालय, असन, बसन्तपुर, कलंकी, पाटन दरबार क्षेत्रहरुमा सप्ताहब्यापी रुपमा निःशुल्क मास्क वितरण गरिएको हो।

यस अभियान अन्तर्गत चार हजार थान मास्कहरु सर्वसाधारणलाई निःशुल्क वितरण गरिएको थियो। अभियानमा मास्क वितरण सँगसँगै सर्वसाधारणलाई मास्क लगाउने उचित तरिका, मास्क लगाउँदा कोरोना भाइरसबाट बच्ने ज्ञानका साथै भिडभाडमा सामाजिक दूरी कसरी कायम गर्ने, हात धुने लगायतका जनचेतनामूलक जानकारीहरु पनि प्रदान गरिएको थियो।

mask-tvs2.jpeg

संसारभर नै मास्कलाई एक भरपर्दो सुरक्षा विधि भएको विश्व स्वास्थ्य संगठनले समेत प्रमाणित गरिसकेको छ। हाल देशमा लकडाउन खुकुलो बनाउँदै लगिएको छ। सरकारले लकडाउन खुकुलो पार्दै लगेसँगै मानिसहरुको आवतजावत पनि दिनानुदिन वृद्धि हुँदै गएको छ।

जगदम्बा मोटर्सले बिक्री वितरण गर्दै आएका मोटरसाइकल तथा स्कुटरहरु नेपाली बजारमा निकै चर्चित रहेका छन्। कम्पनीले बिक्री गर्ने मोटरसाइकल, स्कुटर र थ्रि ह्वीलर्सहरु नेपाली समाजसँग जोडिएकाले त्यहि समाजमा नै केही योगदान गर्ने नीति अनुसार कम्पनीले विशेषरुपमा काम गर्दै आएको जनाएको छ।

अभिायन सञ्चालन गर्नुको उद्देश्यका बारेमा प्रष्ट पार्दै जगदम्बा मोटर्स प्रालिका भाइस प्रेसिडेन्ट दिपककुमार अग्रवालले भने, ‘कोभिड १९ बाट हामी सबै त्रसित छौं। यसबाट बच्ने एकमात्र सजिलो उपाय भनेको हामी स्वयम् सजग र सचेत रहनु हो। यसैले हामीले आम नागरिकहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर कोरोना भाइरसबाट बच्नका लागि आवश्यक उपायहरु अबलम्बन गर्न आग्रह गर्नुका साथै मास्कसमेत वितरण गरेरका हौं।’

जगदम्बा मोटर्स प्रालिले यो कार्यक्रम आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरेको हो।

mask-tvs3.jpeg

यसैगरी लायन्स क्लब अफ समर्पण काठमाडौंका अध्यक्ष दीपक बसन्तले भने, ‘अभियानमा सहभागी हुँदा झण्डै ९५ प्रतिशत मानिसहरु अझै पनि बिना मास्क हिंड्ने गरेको हामीले पायौं। कोरोनाको महामारीबाट आफू र आफ्नो परिवार, साथीभाइलाई बचाउन अनिवार्य रुपमा मास्क प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न आफ्नो संस्थाले पहल गरेको हो।’

एक सातासम्म सञ्चालन गरिएको यो अभियानको अन्तिम दिन पाटन दरबार क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको थियो।

टीभीएस मोटरसाइकल, स्कूटर तथा थ्री ह्वीलर्सका वितरक जगदम्बा मोटर्सको उद्देश्य नै ‘टीभीएस साथ छ हाम्रो’ श्रृंखलामार्फत् समाजमा योगदान दिनु रहेको छ। कम्पनीले विगतमा पनि यसप्रकारका सामाजिक चेतनामूलक एवं सहभागितामूलक विविध कार्यक्रमहरु सञ्चालनमा विभिन्न संघ–संस्थाहरुसँग सहकार्य गर्दै आएको छ। भोलिका दिनमा पनि यस प्रकारको काम निरन्तरता दिने छौं।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad