त्रिवि शिक्षण अस्पतालको आइसियूमा उपचाररत कोरोना संक्रमित एक चिनिया नागरिकको मृत्यु भएको छ।
अस्पतालमा कोभिड फोकल पर्सन डा शन्तकुमार दासका अनुसार मुटुको समस्या रहेकी ४८ वर्षीय महिलाको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको हो।
यो नेपालमा कोरोनाका कारण विदेशीको मृत्यु भएको पहिलो घटना हो।
उनलाई श्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि पोखराबाट सुरुमा ग्रान्डी अस्पतालमा ल्याइएको थियो।
मंगलबार ग्रान्डीमा कोरोना पोजिटिभ देखिएपछि उनलाई त्रिवि अस्पताल सारिएको हो।
श्वासप्रश्वासमा थप समस्या देखिएपछि उनको आइसियूमा उपचारक्रममा निधन भएको दासले बताए।
यसअघि नेपालमा कोरोनाका कारण ४० जनाको निधन भइसकेको छ।

प्रतिक्रिया