मक्लरेन रेसिङ र मक्रलेरन अटोमोटिभसँग गल्फ लुब्रिकेन्ट पनि साझेदार भएको छ।
कम्पनीका अनुसार यो रणनीतिक साझेदारीले विश्वस्तरीय इन्डष्ट्री एक्सपर्टिज, उच्चस्तरीय उत्पादन तथा सामान, अत्याधुनिक प्रविधि सबैलाई एकै ठाउँमा ल्याएको छ।
कम्पनीले भनेको छ, ‘यसले विजयी फर्मुलालाई परिष्कृत गर्ने अपेक्षा हामीले लिएका छौँ।’
३१ जुलाईबाट सुरु भएको ब्रिटिश ग्य्रान्ड प्रिक्स देखि गल्फ, मक्लेरन रेसिङ र मक्लरेन अटोमोटिभको साझेदारी सबै प्रचार सामग्रीमा प्रयोग गर्न थालिएको कम्पनीको भनाइ छ।
गल्फ नेपालको सबैभन्दा बढी लोक प्रिय लुब्रिकेन्ट ब्रान्ड हो। नेपाल ल्युब आयल लिमिटेड नेपालका लागि गल्फ लुब्रिकेन्टको आधिकारिक उत्पादक एवम् विक्रेता हो।
मक्लरेनसँगको साझेदारीले नेपालमा समेत गल्फ ब्रान्ड र यसका उत्पादनलाई उत्कृष्टताको नयाँ उचाइमा पु¥याउने कम्पनीले जनाएको छ।

प्रतिक्रिया