अटो


लक्ष्मी कमर्सियल भेहिकल्सबाट गाडी खरिद गर्न सांग्रिला बैंकबाट कर्जा पाइने

लक्ष्मी कमर्सियल भेहिकल्सबाट गाडी खरिद गर्न सांग्रिला बैंकबाट कर्जा पाइने

नेपालखबर
असोज २१, २०७७ बुधबार १३:७,

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नक्साल, काठमाडौं स्थित मुख्य कार्यालय रहेको लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।

बैंक र उक्त कम्पनीबीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि.का तर्फबाट उक्त कम्पनीका कार्यकारी निर्देशक निराकर श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिँदै आएकोमा यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले स्वराज माज्दा (एसएमएल) ब्राण्डको कमर्सियल गाडीको आधिकारीक बिक्रेता लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि.बाट नयाँ गाडी खरीद गर्न चाहेमा १२.५ प्रतिशत व्याजदरमा गाडीको मूल्यको अधिकतम ७५ प्रतिशतसम्म कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन्।

बैंकको हाल सञ्चालनमा रहेका ९१ वटै शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई यस किसिमको कर्जा प्रदान गरिने बैंकले विज्ञप्ती मार्फत जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad