अटो


रोयल इन्फिल्डका दुई बाइकको एक हप्ते टेस्ट राइड हुने

रोयल इन्फिल्डका दुई बाइकको एक हप्ते टेस्ट राइड हुने

नेपालखबर
असोज २३, २०७७ शुक्रबार १४:४१,

रोयल इन्फिल्डका दुई बाइक हिमालयन र इन्टरसेप्टरको टेस्ट राइड प्रोग्राम ‘एड्भेन्चर मिट्स फन’ हुने भएको छ। नेपालका लागि रोयल इन्फिल्ड बाइकको आधिकारिक वितरक विवेक अटोमोबाइल्स प्रालिले रोयल इन्फिल्ड सोरुम बालाजुमा सो कार्यक्रमको आयोजना गर्ने भएको छ।

आगामी आइतबारदेखि एक साता सम्म चल्ने सो टेस्ट राइड विहान १० देखि बेलुकी ५ बजे सम्म गर्न सकिने छ। सो अवसरमा गाइड मार्सलहरुको सहयोगमा ट्रायल ट्रयाकमा बाइक गुडाउन सकिने छ। टेस्ट राइड गर्ने राइडरहरुलाई रोयल इन्फिल्डको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने विवेक अटोमोबाइल्सले जनाएको छ।

रोयल इन्फिल्डका दुई प्रिमियम बाइक हिमालयन र इन्टरसेप्टरको राइड अनुभव लिन पाउँदा राइडरहरु निकै नै खुसी हुने अपेक्षा गरेको कम्पनीको भनाइ छ।

हिमालयनमा ४११ सिसीको सिंगल सिलिन्डर एयर–कुल्ड एसओएचसी इन्जिन छ। यसले २४.५ पीएस पावर र ३२ एनएम टर्क प्रदान गर्छ।

हिमालयन साधारण र दमदार लुक भएको बाइक हो, जसको ड्यासबोर्डमा मोडर्न टच रहेको छ। स्पिडोमिटर, ट्रिपमिटर, फ्युल गेज, डायरेक्सनल कम्पस र अन्य जरुरी इन्फर्मेसन एनालग डायल र डिजिटल डिस्प्लेमा देख्न सकिन्छ। सो बाइकमा हेलोजन हेडल्याम्प उपलब्ध छ।

इन्टरसेप्टर बाइकमा ६४८ सीसी, एयर कुल्ड, एसओएचसी, फ्युल इन्जेक्टेड प्यारालल ट्विन मोटर इन्जिनको प्रयोग गरिएको छ। यसले ४७ बीएचपी पावर र ५२ एनएम टर्क जेनेरेट गर्छ।

बाइकमा ६ स्पिडको गियरबक्स र स्लिप असिस्ट क्लच समावेश गरिएको छ। बाइकको अधिकतम गति १६३ किलोमिटर प्रतिघण्टा रहेको छ। सो बाइक रोयल इन्फिल्डको अहिलेसम्मको सबैभन्दा तीव्र गतिको बाइक हो।

यी दुई बाइकको मूल्य क्रमशः ८ लाख ९८ हजार र १२ लाख ४९ हजार रुपैयाँ छ।

कम्पनीले सामाजिक सञ्जालमार्फत आयोजना गरेको ‘नो योर इन्फिल्ड’ विजेताको घोषणा समेत सोही अवसरमा फेसबुक लाइभमार्फत गर्ने बताएको छ।

दसैं र तिहार लगायतका चाडपर्व नजिक आइरहेको सन्दर्भमा राइडरहरुलाई रोयल इन्फिल्ड बाइकको अनुभूति प्रदान गराउनका लागि सो कार्यक्रम आयोजना गर्न लागेको कम्पनीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad