अटो


मोटरहेडको नयाँ शाखा बालाजुमा उद्घाटन हुँदै

मोटरहेडको नयाँ शाखा बालाजुमा उद्घाटन हुँदै

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार ११:५०,

मोटरहेड बाइकले बालाजुमा शाखा विस्तार गरेको छ। कम्पनीले धोविघाट, गठ्ठाघरपछि तेस्रो शाखाको रुपमा बालाजुमा उद्घाटन गर्न लागेको हो।

नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले ग्राहक सामू आफ्नो पहुँच अझ नजिक बनाउन र आफ्ना सेवा विस्तार गरेको जनाएको छ।

कम्पनीका जनरल म्यानेजर उज्वल जोशीले सेल्स, स्पेयर पार्टस र सर्भिस (थ्रीएस) सुविधा सहित शाखा विस्तार उद्घाटन हुन लागेको नेपालखबरलाई जानकारी दिए।

कम्पनीले बालाजु शाखा उद्घाटन अवसरमा ग्रहाकलाई नयाँ बाईक खरिदमा १५ हजार छुट, स्वरुप स्पेयर पार्टसमा १० प्रतिशत छुट, सर्भिसिङ चार्जमा ५० प्रतिशत छुट तथा फ्रि बाइक वासिङ अफर रहेको जानकारी दिएको छ।

कम्पनीले टेक्कन २५०, स्क्र्याम्बर २५०, स्पोर्टस रोड २५०, स्पोर्टस अफरोड २५०, एक्स–टर्क २५०, एमएच–२००एक्स, एमएच–१५०आर गरी डर्ट, स्क्रयाम्ब्लर र क्रसओभर सेगमेन्टका मोडल विक्री गर्दै आएको छ।

मोटरहेडको धोबिघाट, गठ्ठाघर र बाजालुमा शाखा बाहेक उपत्यकामै टेकु र चाविलमा डिलर रहेका छन्। काभ्रेको बनेपा सहित उपत्यका बाहिर पोखरा, बाग्लुङ, चितवन, दाङ, नेपालगन्ज, सुर्खेत, इटहरी, वीरगन्जमा समेत डिलर रहेको कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .