अटो


पठाओ नेपालद्वारा राइडर र ग्राहकको बीमा

पठाओ नेपालद्वारा राइडर र ग्राहकको बीमा

नेपालखबर
माघ ९, २०७७ शुक्रबार १४:२३,

पठाओ नेपाल प्रा.लि., राइड सेयरिङ तथा फुड डेलिभरी एपले ग्राहकहरु र राइडर-चालकहरुलाई बीमा सुविधा प्रदान गर्न एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.सँग साझेदारी पत्रमा हस्ताक्षर गरेको छ।

उक्त साझेदारी अन्तर्गत राइडको दौरान कुनै पनि ग्राहक तथा राइडर-चालक साथीहरुको दुर्घटनाका कारणले हुने मृत्यु, अपाङ्गता जस्तो अवस्थामा बढीमा रु ५ लाखसम्मको बीमा रकम प्राप्त गर्नेछन्।

यसको साथै कुनै पनि ग्राहक तथा राइडर-चालक साथीहरुले रु १ लाखसम्मको दुर्घटना उपचार बीमा पनि पाउनेछन्। यी दुवै सेवाहरु उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भए पश्चात ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातहरुसहित निवेदन गर्नु पर्दछ।

पठाओ एप प्रयोग गर्ने कुनै पनि ग्राहक तथा राईडर-चालक साथीहरुले यो सुविधा लिन सक्नेछन्।

पठाओ नेपाल प्रा.लि.का क्षेत्रिय निर्देशक असिममान सिंह बस्न्यातले भने, ‘हामी विगत २ वर्षदेखि हाम्रा ग्राहकहरु तथा राइडर-चालक साथीहरुको सुरक्षा सुनिश्चित गर्नका लागि बीमा सुविधा प्रदान गर्न निरन्तर लागि परेका छौं। यसको अनुरुप हामीले एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग साझेदारी पत्रमा हस्ताक्षर गरेका छौं। अब हाम्रा ग्राहकहरु तथा राइडर-चालक साथीहरु विस्वस्त हुन सक्छन्। पठाओ ग्राहक तथा राइडर-चालक साथीहरुको सुरक्षाप्रति दृढ छ। हामी प्रत्येक दिन हजारौंलाई रोजगारीको अवसर प्रदान गर्न पाउँदा निकै गर्वान्भित महसुस गर्दछौँ। हालसम्म, हामीले ७५ हजार भन्दाबढी राइडरहरुलाई ट्रेनिङ दिइसकेका छौँ र १३ लाखभन्दा बढी ग्राहकहरुले पठाओ एप डाउनलोड गरिसकेका छन्।’

पठाओ नेपालको बारेमा
पठाओले नेपालमा आधिकारिक रुपमा सन् २०१८ सेप्टेम्बर २५ देखि आफ्नो सेवा विस्तार गरेको हो। पठाओ काठमाडौंकै ठुलो तथा लोकप्रिय राईड–सेयरिङ सेवा प्रदायक एप हो। यो एशियाकै सबैभन्दा तीव्र वृद्धि भएको टेक स्टार्टअफ मध्य एक हो जुन सर्वसाधारणको दैनिक यातायातको समस्याका लागि सर्वोत्कृष्ट समाधान विकास गर्न समर्पित छ।

पठाओको दुई पाङ्ग्रे र चार पाङ्ग्रे राईड सेयरिङ सेवा छ र यसले हालै फुड डेलिभरी सेवा पनि सुरु गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad