अटो


फोर्ड र गुगलबीच रणनीतिक साझेदारी

फोर्ड र गुगलबीच रणनीतिक साझेदारी

नेपालखबर
माघ २१, २०७७ बुधबार १०:३५,

फोर्ड र गुगलबीच रणनीति साझेदारी सम्झौता भएको छ। आज एक कार्यक्रमकाबीच दुई कम्पनीले सन् २०२३ देखि फोर्ड तथा लिंकनका गाडीमा एन्ड्रोइड अपरेटिङ सिस्टम जडान गर्ने गरी सम्झौता गरेका हुन्।

गुगलसँगको ६ वर्षीय सहकार्यपछि फोर्डले आफ्नो डेटा, आर्टिसियल इन्टेलिजेन्सलगायतका तथ्यांकका लागि गुगल क्लाउड नै आफ्नो उपयुक्त क्लाउड भएको बताउँदै एन्ड्रोइड सिस्टम जडानका लागि गुगलसँग सहकार्य गरेको हो।

यसका लागि यी दुई कम्पनीले ‘टिम अपसिफ्ट’ नामको आफ्नो छुट्टै संयुक्त समूह पनि बनाएका छन्।

जसमा दुवै कम्पनीका प्रतीभाको प्रवद्र्धन, फोर्डको रुपान्तरणमा सहयोग, व्यक्तिगत उपभोक्ता सेवा, परिवर्तनका लागि उत्प्रेरकको भूमिका खेल्ने, तथ्यांक सहजीकरण लगायतको आपसी सहयोग हुने विश्वास गरिएको छ। सवारीसाधन खरीद गर्दा र स्वामित्व हस्तान्तरणमा यसमा भएको तथ्यांकले सहयोग गर्नेछ।

‘विद्युतीकरण, कनेक्टिभिटी र सेल्फ ड्राइभिङमा फोर्डले आमुल रुपान्तरण गरिरहेको अवस्थामा गुगल र फोर्ड सँगै आउनुले ग्राहकलाई विशिष्ट अनुभूति दिनुका साथै उद्यमलाई पनि आधुनिकीकरण गर्नेछ,’ फोर्डका सीईओ जिम फार्लीले बताए।

‘एसेम्बिलिङ उद्योगको सञ्चालनदेखि ड्राइभ एसिस्ट टेक्नोलोजीसम्म आइपुग्दा फोर्डले १२० वर्षको अटोमोबाइल क्षेत्रमा नयाँ अन्वेषणको जग बसालेको छ,’ अल्फाबेटको सञ्चालकसमेत रहेका गुगलका सीईओ सुन्दर पिचाईले बताए।

उनकाअनुसार फोर्डको व्यापारमा र अटोमोटिभ टेक्नोलोजीमा गुगलको एआई, तथ्यांक विश्लेषण र क्लाउड प्लेटफर्मले सेवाग्राहीलाई सुरक्षित बनाउनेछ। डिजिटल यातायात, आधुनिकीकरण तथा सवारीसाधनमा टेक्नोलोजीको प्रयोगका लागि कम्पनीलाई गुगलले गुगल क्लाउड, एआई, एमएल तथा तथ्यांक विश्लेषण लगायतका क्षेत्रमा सहयोग पु¥याउने उनको विश्वास छ।

गुगलसँगको सहकार्यपछि फोर्डको योजना
१. ग्राहकको विशिष्ट टेक्नोलोजी प्रयोगको तथा सेवामा सुधार भएको अनुभूति दिलाउने।

२. उत्पादनको विकास, निर्माण तथा ‘सप्लाई चेन’ व्यवस्थापन र एआईको प्रयोगले कर्मचारी तालीम सिर्जना र उद्योगका इक्वीप्मेन्टको क्षमता बढाउने।

३. सन् २०२३ देखि फोर्ड तथा लिंकनका गाडीमा विश्वस्तरीय गुगल एप, गुगल म्याप तथा भ्वाइस टेक्नोलोजीसहितको एन्ड्रोइड अपरेटिङ सिस्टम जडान गर्ने

४. गुगल एसिस्टेन्स जडान गर्ने।

५. संगीत, पोडकास्ट, अडियोबुक लगायतको प्रयोगका लागि गुगल प्लेको व्यवस्था गर्ने।

६. ‘थर्ड पार्टी डेभलोपर’लाई एपको एक्सेस दिएर सेवाग्राहीको अनुभवलाई उत्कृष्ट बनाउने।

फोर्ड विश्वमा अटोमोबाइल क्षेत्रमा प्रसिद्ध कम्पनी हो। यसले कार, ट्रक, एसयूभी, विद्युतीय सवारी र लिंकन ‘लक्जरी’ सवारीसाधनको उत्पादन गर्छ। यसले विश्वमा १ लाख ८७ हजार बढीलाई रोजगारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad