अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्क्स प्रालिले बाराको जीतपुर–सीमरा उपमहानगरपालिकामा महिन्द्रा फोरह्विलर सवारीसाधनहरूको आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ।
अग्नि ग्रुप महिन्द्रा फोरह्विलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता हो।
कम्पनीका अनुसार सेवा केन्द्र ‘सिमरा अटो जोन’ त्यस क्षेत्रका लागि बालाजु अटोवर्क्सको अधिकृत सुसज्जित डिलर हो।
सर्भिस सेन्टरको प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनाल र बालाजु अटो वर्क्सका प्रबन्धनिर्देशक अर्जुनप्रसाद शर्माले मंगलबार संयुक्त रूपमा उद्घाटन गरेको कम्पनीले जनाएको छ।
कार्यक्रमा सिमरा अटो जोनका प्रबन्धनिर्देशक राजेशकुमार क्षेत्री र स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो।
‘यो सेवा केन्द्र स्थापना गर्नुको उद्देश्य बारा र यसका वरपरको क्षेत्रका ग्राहकहरूलाइ सुविधाजनक र किफायती सेवा पुर्याएर उहाँहरूलाई कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराइ लाभ पु¥याउने उद्देश्य रहेकोे छ’, कम्पनीले भनेको छ।
बालाजु अटो वर्क्सका प्रबन्धनिर्देशक अर्जुनप्रसाद शर्माका अनुसार सबै महिन्द्रा सर्भिसिङ केन्द्रहरूमा ग्राहकहरुलाई अधिकतम सन्तुष्टि दिनका लागि निरन्तर गुणस्तरीय सेवा प्रदान गर्नमा कम्पनी बढी केन्द्रित रहँदै आएको छ ।
यो सर्भिस सेन्टरले आफ्ना ग्राहकहरूलाई महिन्द्रा अटोमोबाइल्सका स्कर्पियो, बोलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० र थार लगातका सबै उत्पादन श्रृंखलाको बिक्री–सेवा र सक्कली स्पेयर पार्ट्स उपलब्ध गराउनमा समर्पित हुने कम्पनीको दाबी छ।
सिमरा अटो जोन, जीतपुर सीमराका प्रबन्धनिर्देशक राजेशकुमार क्षेत्रीका अनुसार कम्पनीको प्रमुख उद्देश्य महिन्द्राको सवारी साधनका लागि सर्भिसिङ र सक्कली स्पेयर पार्ट्स प्रदान गर्नु हो।
यो सर्भिसिङ सेन्टरले महिन्द्रा सवारी साधनका ग्राहकको आफ्नै मूल स्थानमा गुणस्तरीय सेवा सुविधा पुर्याउने उनीहरूको आशा पूरा गर्नेछ।
कम्पनीका अनुसार यस क्षेत्रमा यो सर्भिस सेन्टरको स्थापनाले आगामी दिनमा ग्राहक र कम्पनीबीचको विश्वासलाई अझ प्रगाढ बढाउन मद्दत पुग्नेछ।
Shares

प्रतिक्रिया