निसानले नयाँ एसयुभी म्यागनाइट नेपालमा सार्वजनिक गरेको छ। निसान गाडीको लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले एसयुभी म्यागनाइट भित्राएको हो।
नयाँ म्यागनाइटलाई कम्पनीले ‘इन्जिनियर्ड इन जापान, इन्सपायर्ड वाई ईन्डिया’को रुपमा परिभाषित गरेको छ। कम्पनीले सोमबारबाट देशभरका सो रुममा उपलब्ध हुने बताएको छ।
भारतमा सार्वजनिक भएको एक महिनामै करिब ३३ हजार युनिट बिक्री भएको म्याग्नाइटलाई बिग, बोल्ड, ब्युटिफुल एसयूभी गाडीको रुपमा परिचित गराएको छ।
निशान म्यागनाइट एसिएन एनक्याप सेफ्टी टेस्टमा ४ स्टार रेटिङ पाएको छ। म्याग्नाइटको ग्लोबल एनक्याप क्यासटेस्ट समेत गरिने उत्पादक कम्पनीले जनाएको छ।

पायोनियर मोटोकर्प प्रालिका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाले नयाँ गाडीको लञ्च गर्दै नेपाली बजार र ग्राहकहरु नयाँ प्रोडक्ट ल्याउन निसान सदैव प्रतिबद्ध रहेको बताए।
उनले द बिग, बोल्ड, आकर्षक र ‘करिस्मेटिक एसयूभी’ २९ लाख ४९ हजार मै उपलब्ध रहेको उनले जानकारी दिए।
म्याग्नइट नेचुरली एसपिरेटेड इञ्जिन र टर्बोज्र्ड इञ्जिनमा उपलब्ध हुने छ। एसपिरेटेड इञ्जिनमा ६ वटा भेरियन्टमा उपलब्ध रहेको छ। जसमा एक्सई २९ लाख ४९ हजार,एक्सएल ३१ लाख ९९ हजार,एक्सभी मोनो ३४ लाख ९९ हजार, एक्सभी डिउल टोन ३५ लाख २९ हजार, एक्सभी प्रिमियम मोनो ३७ लाख ९९ हजार र एक्सभी प्रिमियम डिउल टोन ३८ लाख २९ हजार रूपैयाँ रहेको छ।

त्यसैगरी टर्बो पेट्रोलमा एक्सएल भेरियन्टको मुल्य ३६ लाख ४९ हजार रहेको छ। एक्सभी मोनो ३९ लाख ४९ हजार,एक्सभी डिउलको ३९ लाख ७९ हजार, एक्सभी प्रिमियम मोनो ४२ लाख ४९ हजार र एक्सभी प्रिमियम डिउल टोनको ४२ लाख ७९ हजार रहेको छ।
यस्ता छन् म्यागनाइटका विषेशता
म्याग्नाइट एसयुभी स्पोर्टी लुक्ससहित एलईडी हेडल्याम्प, एलईडी डीआरएल, फ्लोटिङ रुफ, डुअल टोन बडी पेन्ट, डुअल टोन रियर बम्परजस्ता विशेषता छन्।
निशान म्याग्नाइटमा ८ इञ्च फुल फ्लस टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ७ इञ्च टीएफटी ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा, पावर स्टेरिङ, पावर विन्डो फ्रन्ट, एन्टीलक ब्रेकिङ सिस्टम, एयर कन्डिस्नर, ड्राइभर एयरब्याग, प्यासेन्जर एयरव्याग, अटोमेटिक क्यालाइमेट कन्ट्रोल, फगलाइट फ्रन्ट लगायत विभिन्न फिचरहरु उपलब्ध छन्।
भिडिओ :
निसान म्याग्नाइट ९९९ सिसी इन्जिन भएको गाडी हो। जसमा म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेको छ । माइलेज १८ देखी २० किमी प्रतिलिटर रहेको छ। गाडीको लम्बाइ ३९९४ एमएम, चौडाइ १७५८, उचाइ १५७२ एमएम रहेको छ।
गाडीको अधिकतम पावर ५ हजार आरपीएममा ९८ बीपीएच र १५२ एनएम टर्क जेनेरेट गर्ने कम्पनीले उल्लेख गरेको छ। एसयुभी म्यागनाइटको बुटस्पेस ३३६ लिटर रहेको छ। इन्धन ट्यांक क्यापासिटी ४० लिटर रहेको छ।
विभिन्न अत्याधुनिक विशेषताहरु समावेश भएको निशान म्यागनाइट नेपालमा अत्याधिक मन पराउने कम्पनीले विश्वास गरेको छ।







Shares

प्रतिक्रिया