मेगा मोटर्सले निसानको नयाँ एसयुभी म्याग्नाइट लञ्च गरेको छ। निसान मोटर्सको महाराजगन्ज डिलर रहेको मेगा मोटर्सले मंगरबार म्याग्नाइट सार्वजनिक गरेको हो।
मेगा मोटर्सको कार्यकारी निर्देशक महेश पालले द बिग, बोल्ड, आकर्षक र ‘करिस्मेटिक एसयूभी’काे सुरूवाती मूल्य २९ लाख ४९ हजार रूपैयाँ रहेको बताएका छन्।
कम्पनीका अनुसार म्याग्नइट नेचुरली एसपिरेटेड इञ्जिन र टर्बो चार्ज्ड इञ्जिनमा गरी ११ भेरियन्टमा उपलब्ध रहेको छ।
एसपिरेटेड इञ्जिनमा ६ वटा भेरियन्टमा उपलब्ध रहेको छ। जसमा एक्सई २९ लाख ४९ हजार,एक्सएल ३१ लाख ९९ हजार,एक्सभी मोनो ३४ लाख ९९ हजार, एक्सभी डिउल टोन ३५ लाख २९ हजार, एक्सभी प्रिमियम मोनो ३७ लाख ९९ हजार र एक्सभी प्रिमियम डिउल टोन ३८ लाख २९ हजार रूपैयाँ रहेको छ।

त्यसैगरी टर्बो पेट्रोलमा एक्सएल भेरियन्टको मुल्य ३६ लाख ४९ हजार रहेको छ। एक्सभी मोनो ३९ लाख ४९ हजार,एक्सभी डिउलको ३९ लाख ७९ हजार, एक्सभी प्रिमियम मोनो ४२ लाख ४९ हजार र एक्सभी प्रिमियम डिउल टोनको ४२ लाख ७९ हजार रहेको छ।
मेगा मोटर्सको निसान म्यागनाइट लञ्चिङ कार्यक्रममा नेपालमा निसान मोर्टसका लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्पका कार्यकारी निर्देशकले नेपाली बजार र ग्राहकहरु नयाँ प्रोडक्ट ल्याउन निसान सदैव प्रतिबद्ध रहेको बताए।

पायोनियर मोटोकर्पले सोमबार नै म्यागनाइट सार्वजनिक गरेको थियो ।
म्याग्नाइट एसयुभी स्पोर्टी लुक्ससहित एलईडी हेडल्याम्प, एलईडी डीआरएल, फ्लोटिङ रुफ, डुअल टोन बडी पेन्ट, डुअल टोन रियर बम्परजस्ता विशेषता छन्।

प्रतिक्रिया