अटो


अप्रिलदेखि भारतमा गुड्ने सबै कारमा यात्रु साइडमा पनि एयरब्याग अनिवार्य हुनुपर्ने

अप्रिलदेखि भारतमा गुड्ने सबै कारमा यात्रु साइडमा पनि एयरब्याग अनिवार्य हुनुपर्ने

नेपालखबर
फागुन २४, २०७७ सोमबार १५:२७,

भारत सरकारले अप्रिल १ देखि लागू हुने गरी सबै कारमा यात्रु साइडमा पनि एयरब्याग हुनैपर्ने नियम लागू गर्ने भएको छ।

बढ्दो सडक दुर्घटनालाई मध्यनजर गर्दै मोदी सरकारले यस्तो निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतको सडक यातायात तथा राजमार्ग मन्त्रालयले नयाँ नियमको घोषणा गरेको बताइएको छ। नियमअनुसार ड्राइभरपट्टि मात्रै नभई अगाडि बस्ने यात्रु साइडमा पनि एयरब्याग हुनुपर्नेछ। यसको मतलब अब कारमा डुअल एयरब्याग अनिवार्य गरिएको छ।

योसँगै कार कम्पनीहरुले अब डुअल फ्रन्ट एयरब्यागको मापदण्डमा ध्यान दिनुपर्नेछ। अहिले भएका कारहरुमा पनि ३१ अगष्ट २०२१ देखि डुअल एयरब्याग राखेर बेच्नुपर्नेछ।

सुरक्षालाई ध्यानमा राख्दै यस्तो सूचना अग्रिम रुपमा जारी गरिएको बताइएको छ। यो नियमसँगै कारहरुको मूल्यमा समेत फेरबदल हुनसक्ने बताइएको छ।

सबै कारहरुमा एआईएस १४५ मापदण्ड पूरा भएको एयरब्याग जडान गर्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad