ad ad

अटो


अटोमोबाइल व्यवसाय हप्तामा ३ दिन खुल्ने

अटोमोबाइल व्यवसाय हप्तामा ३ दिन खुल्ने

नेपालखबर
असार ७, २०७८ सोमबार ७:२९,

काठमाडौं उपत्यकाका निषेधाज्ञा खुकुलो बनाउँदा अटोमोबाइल व्यवसाय हप्तामा ३ दिन खोल्न पाउने निर्णय भएको छ।

उपत्यकाका ३ सीडीओहरुले अटोमोबाइल शोरुम र अटोबोबाइल पार्टस् आइतबार, मंगलबार र बिहीबार सञ्चालन गर्न पाउने भएका हुन्।

निजी सवारीसाधनमा जोरविजोर प्राणाली लागू गर्दै सरकारले अटोमोबाइल व्यवसाय बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न दिने निर्णय गरेको छ।

सरकारले सार्वजनिक सवारीसाधनमा भने असार १४ गतेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाएको छ।

निजी सवारीसाधन कार, जिप, भ्यानमा बढीमा चार जना र ट्याक्सीमा बढीमा ३ जना आउजाउ गर्न पाउनेछन्। मोटरसाइकलमा भने दुई जना पाउने बताइएको छ।

निजी सवारीसाधन सञ्चालन गर्दा जोर दिन जोर गाडी र विजोर दिन विजोर नम्बरका गाडी सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सवारीसाधन दैनिक गुड्न नपाउने जिल्ला प्रशासन कार्यालयले उल्लेख गरेको छ।

सवारी साधन मर्मतका लागि वर्कशपहरु भने दैनिक बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाउनेछ। त्यस्तै भाेलिदेखि टुटल र पठाओजस्ता राइड सेयरिङ कम्पनीका सवारीसाधन पनि जाेर र विजाेर प्रणालीमा सञ्चालन हुने भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .