ad ad

बागमती


यी हुन् बागमतीमा राप्रपाबाट छानिएका तीन मन्त्री

यी हुन् बागमतीमा राप्रपाबाट छानिएका तीन मन्त्री

नेपालखबर
माघ ११, २०७९ बुधबार १३:४१, हेटाैंडा

बागमती प्रदेशसभामा आज मन्त्रिपरिषद् विस्ता हुँदैछ। ११ मन्त्रालय रहेनगरी सरकारलाई पूर्णता दिने तयारीमा रहेको बागमती प्रदेशमा सत्ता गठबन्धनमारहेका तीन दल एमाले, माओवादी र राप्रपा सहभागी हुने भएका छन्। 

एमालेको भागमा ४, माओवादीको भागमा ४ र राप्रपाको भागमा ३ मन्त्रालय परेको प्रदेश सरकारका प्रवक्ता जगन्नाथ थपलियाले जानकारी दिए।

३ मन्त्रालय पाएको राप्रपाले राजु विष्ट र डम्बर तामाङलाई मन्त्री बनाउने भएको छ। यसअघि राप्रपाबाटै विना विभागीय मन्त्रीमा उद्धव थापा नियुक्त भइसकेका छन्। 

विष्टलाई वन तथा वातावरणमन्त्री, तामाङलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्री र थापालाई ऊर्जा तथा सिंचाई मन्त्री बनाउने तयारी भएको स्रोतले नेपालखबरलाई जानकारी दिएको छ। 

माओवादीबाट मुख्यमन्त्रीमा शालिकराम जम्मरकट्टेल र एमालेबाट अर्थमन्त्रीमा जगन्नाथ थपलियाले यसअघि नै पदभार ग्रहण गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .