बागमती


८ लाख बढी भेडाबाख्रालाई लगाइयो पीपीआर रोग विरुद्धको खोप

८ लाख बढी भेडाबाख्रालाई लगाइयो पीपीआर रोग विरुद्धको खोप

नेपालखबर
फागुन ७, २०७९ आइतबार २०:५१, हेटाैँडा

बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश भित्रका ८ लाख ३३ हजार १ सय ८९ भेडाबाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाएको छ।

पीपीआर रोगविरुद्धको सप्ताहव्यापी खोप अभियानअन्तर्गत शनिवार सम्म मन्त्रालयले प्रदेशका ४ हजार २६४ वटा भेडा र ८ लाख २८ हजार ९२५ वटा बाख्रालाई गरि जम्मा ८ लाख ३३ हजार १८९ वटा भेडाबाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सुचना अधिकारी अनुप अधिकारीले जानकारी दिए।

फागुन १ गतेदेखि सुरु भएको सप्ताहव्यापी खोप अभियानअन्तर्गत प्रदेशका १३ वटा जिल्लाका किसानले पालेका भेडाबाख्रालाई पीपीआर रोगविरुद्ध खोप लगाइएको अधिकारीले जानकारी दिए।

खोप कार्यक्रम ४ सय २५ जना भ्याक्सिनेटर र १ हजार २ सय ४४ खोप केन्द्रबाट सञ्चालन भएको उनले बताए। अभियान बाहेक अन्य समयमा समेत मन्त्रालयले भेडाबाख्रालाई उक्त खोप लगाउँदै आएको छ।

पीपीआर भेडाबाख्रामा विषाणुबाट लाग्ने संक्रामक रोग हो। यसलाई भेडाबाख्राको हैजा पनि भनिन्छ। नेपालमा पीपीआर रोगका कारण बर्सेनि भेडाबाख्रा मरेर कृषकहरूले ठूलो आर्थिक हानि बेहोर्नुपरेको छ। यस्तो अवस्था आउन नदिनका लागि खोप अभियान सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।

अफ्रिकी देशबाट सुरु भएको यो रोग नेपालमा पनि सबैजसो जिल्लामा देखापरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .