बागमती प्रदेशको राजधानी हेटौँडामा लघु वित्त वित्तीय संस्थाको मनोमानी विरुद्ध पीडितले धर्ना दिएका छन्।
मंगलबार हेटौँडामा पीडित महिलाहरु भेला भएर दबाबमूलक कार्यक्रम गरेका हुन्। लघुवित्त पीडित संघर्ष समितिद्वारा आयोजित दबाबमुलक कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट पीडितहरु हेटौँडामा भेला भएका हुन्।
पीडित महिलाहरुले र्याली प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा धर्ना दिन पुगेका हुन्।
उनीहरुले लघु वित्त वित्तीय संस्था खारेज गर, महिला मार्न पाइँदैन, लघु वित्तीय संस्था चाहिँदैन, किस्ता बहिस्कार गरौँ, सामूहिक ऋण मिनाहा गरलगायतका नारा लगाएका थिए।
माग पूरा गराउन दबाब दिनका लागि जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजीसहित धर्ना दिएका हुन्।
120
Shares
प्रतिक्रिया