ad ad

बागमती


गर्मीका कारण मकवानपुरमा धमाधम बन्द हुन थाले विद्यालय

गर्मीका कारण मकवानपुरमा धमाधम बन्द हुन थाले विद्यालय

फाइल तस्बिर


नेपालखबर
जेठ २०, २०८० शनिबार १३:७, हेटौँडा

अत्यधिक गर्मीका कारण मकवानपुरमा विद्यालयहरु धमाधम बन्द हुन थालेका छन्।

जिल्लाको बकैया गाउँपालिकाले एक हप्ता विद्यालय बन्द गर्ने भएको छ। गाउँपालिकाले सूचना जारी गरी यही जेठ २१ गते आइतबारदेखि जेठ २७ गतेसम्म विद्यालय बन्द रहने जनाएको छ। 

यस्तै जिल्लाको मनहरी गाउँपालिकाले बिहानको समयमा विद्यालय सञ्चालन गर्ने भएको छ।

अन्य स्थानीय तहहरु पनि विद्यालय बन्द गर्ने योजनामा रहेको बताइएको छ।

मकवानपुरमा केही दिनययता एकदमै गर्मी बढेको छ। दिउँसोको समयमा तापक्रम ३५ देखि ४२ डिग्री सेल्सियससम्म पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .