ललितपुरको इमाडोलस्थित बाहुनधारामा आज बिहानै बस पल्टिएको छ।
लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका-१ बाहुनधारास्थित सडकबीचमै पल्टिएको हो।
प्रहरीका अनुसार अनियन्त्रित भई बस पल्टिँदा चालकसहित केही यात्रु घाइते भएका छन्। बसमा २४ जना सवार थिए।
घाइतेहरूलाई बी एन्ड बी अस्पताल लगिएको प्रहरीले जनाएको छ।
तर कति जना घाइते भए भन्ने अहिले खुलेको छैन।
234
Shares
प्रतिक्रिया