बागमती


काठमाडौँको टोखा नगरपालिकाले पनि चलाउन थाल्यो डोजर

काठमाडौँको टोखा नगरपालिकाले पनि चलाउन थाल्यो डोजर

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
साउन ११, २०८० बिहिबार ९:६, काठमाडौँ

काठमाडौँको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाएको छ। नगरभित्रका सार्वजनिक जग्गा अवैध रुपमा कब्जा गरेर बनाइएका संरचना डोजर लगाएर हटाउन थालिएको हो। 

नगरप्रमुख प्रकाश अधिकारीका अनुसार टोखा–८ दुप्चेश्वर टोलको विभिन्न ठाउँमा बनाइएका संरचना हटाइएको छ। लामो समयदेखि नगरपालिकाभित्रको सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गर्दै आएपछि बाध्य भएर हटाउन थालेको उनले बताए। 

“संरचना भत्काउन पटकपटक सूचना जारी तथा प्रत्यक्ष भेटेर अनुरोध गरे पनि खाली नगरेपछि हटाएका हौँ”, नगरप्रमुख अधिकारीले भने।

नगरभित्रका सम्पूर्ण सार्वजनिक जग्गा नगरपालिकाको संरक्षणमा हुनुपर्ने र कुनै व्यक्तिले पनि उपभोग गर्न नमिल्ने उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .