ad ad

बागमती


मकवानपुरमा ट्रक दुर्घटना हुँदा ५ जना घाइते

मकवानपुरमा ट्रक दुर्घटना हुँदा ५ जना घाइते

नेपालखबर
मंसिर २०, २०८० बुधबार १३:२५, हेटाैँडा

कान्तिलोकपथ अन्तरगत मकवानपुरको भिमफेदी ८ गगटेमा ट्रक दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

बुधवार दिउँसो परालको भुसा बोकेर काठमाडौं जाँदै गरेको ना ८ ख ६४९९ नम्बरको ट्रक भिमफेदी ८ गगटे नजिक पल्टिएको हो।

घाइतेलाई ईलाका प्रहरी कार्यालय ठिङगनको टोलीले उद्दार गरी उपचारको लागि हेटौंडा पठाएको छ। घाइतेको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ।

ट्रक सडकमै पल्टिएको हो। घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .